आर्बाको विकासमा लागि पर्नेछु : गुरुङ
पाेखरा | कात्तिक २२, २०७९
पोखरा । बजार नजिकै रहेको आर्बा आन्तरिक समस्याले गर्दा पिछडिएको छ । पोखरा महानगरपालिका–१३ मा पर्ने उक्त ठाउँ खानेपानी र कच्ची बाटोको समस्या देखिन्छ । कास्की क्षेत्र नम्बर १ (ख) का प्रदेश सभा उम्मेदवार दिपक गुरुङले ‘माइला’ले पाँच वर्षभित्र आर्वाको समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका छन् ।
‘अबको पाँच वर्ष आर्वाको विकासको लागि मलाई जिम्मा दिनुहोस् । गुणस्तरीय शिक्षा, खानेपानी, पूर्वाधारमा विकास गर्नेछु,’ उनले भने, ‘म यहाँ तपाईसामु प्रतिबद्धता सुनाउन भन्दा पनि आर्शिवाद लिन आएको हुँ । झुटो आश्वासन दिन्न । जिताउनुहोस् धोका पनि दिन्न ।’ मंसिर ४ को निर्वाचन पछि आर्वाको मुहार फेरिने उनले सुनाए । ‘यहाँको बुथबाट एमाले छैन भन्ने अनुभुति दिलाइदिनुहोला । त्यसपछि समस्या समाधान र विकास तर्फ लाग्नेछु,’ उनले भने, ‘आर्बाको समस्या मलाई प्रस्टसँग थाहा छ । मलाई मत दिएर उदाहरणीय काम गर्न दिनुहुनेछ भन्ने विश्वास लिएको छुँ ।’ उनले खानेपानीको समस्यालाई स्थानीय सरकारसँग समन्वय गरेर निकास दिने बताए ।
पाँच दलका साझा उम्मेदवार गुरुङले आर्वावासीको आधारभूत आवश्यकता पूरा गर्न सधै अग्रसर भएर लाग्ने घोषणा गरे । ‘निर्वाचन लगत्तै यहाँका वासिन्दाहरुलाई सेतो लालपूर्जा वितरण गरिनेछ । सबै प्रक्रिया पूरा भइसकेको छ । निर्वाचनपछि यसलाई वितरण गरिनेछ,’ उनले भने, ‘पूर्जाको समस्यालाई समस्याको रुपमा नलिनुहोला । पूर्जा पाउनुहुनेछ, ढुक्क हुनुहोस् ।’
उनले देश विकास र संविधान जोगाउन सबै दल मिलेर आएको बताए । देशको ठूलो शक्ति गठबन्धन रहेको हुँदा संविधान रक्षा र समुन्नतको बाटोमा देशलाई लैजाने बताए ।
पोखरा - नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ । नेपाल पत्रकार महासंघ, कास्कीले बु...
पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...
राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्। चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

